ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैविक विविधताबाट समृद्ध मुलुक बनाउन सकिन्छ : विज्ञ


एबीसी / संवाददाता
८ चैत्र २०७९, बुधबार   ६ : २५   बजे

काठमाडौँ, ८ चैत । नेपालको जैविक विविधताकाबारेमा अध्ययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल इन्जिनियरिङ कलेज   (नेक) प्राकृतिक श्रोत व्यवस्थापन संकायको आयोजनामा राजधानीमा सुरु भएको फिल्ड कोर्स अन कन्जरभेसन वायोलोजी एण्ड ग्लोबल हेल्थ विषयको पाँंचदिने तालिमको उदघाटन समारोहमा यस विषयमा जोड दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक डा.महेश्वर ढकालले नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान गर्न विश्वलाई नै आह्वान गर्न सकिने बताए । नेपालका प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको अध्ययन अनुसन्धानबाटै मुलुकको आर्थिक श्रोत मजबुत बनाउन सकिने सम्भाबना पनि उनले औँल्याए ।

मुलकुको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको महत्वबारे लामो चर्चा गर्दै उनले प्राकृतिक श्रोतसाधन तथा जैविक विविधमा हामी अनुशाशित हुनुपर्ने बताए । “यहाँं अनुशाशितको अर्थ हामी प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको संरक्षण र सम्वर्द्धनमा इमान्दारितापूर्वक लाग्नु हो,” उनले भने ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा युनिभर्सिटी अफ वासिंगटनबाट आएका मुख्य प्रशिक्षक प्राडा राइन्डल काइजले तालिममा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरे । साथै उनले यस अवसरमा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि जानकारी दिने बताए । साथै उनले तालिममा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अनुसन्धानका सैद्धान्तिक कुराकानी पनि जानकारी गराइने बताए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक लक्ष्मण खनालले छोटा अवधिको तालिमले अनुसन्धानका विविध विषयहरुबारे जानकारी प्राप्त गर्न नसकिने भन्दै यस्ता तालिमको निरन्तरताको आवश्यकताबारे चर्चा गरे ।

आयोजक नेकका भाइस प्रिन्सिपल दुर्गा भण्डारीले प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानबाटै मलुकको आर्थिक, शैक्षिक वैज्ञानिक उन्नति गर्न सकिने सम्भाबनाबारे चर्चा गरे । यही कारण कलेजले आफना मात्रै नभई विभिन्न कलेजका विद्यार्थीहरुलाई सहभागी गराई यस्ता कार्यक्रमहरु गर्दै आएको बताए ।

नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख डा.नारायण कोजुले प्राकृतिक श्रोत साधनमा विश्वले गरेको अनुभवको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाए ।

तालिममा पाँंचवटा विश्वविद्यालयका १० वटा शिक्षण संस्थाहरुबाट ४२ विद्यार्थी सहभागी भएको जनाइयो । तालिममा स्नातक उतीर्ण १७ जना र  स्नातकोतर अध्ययनरत २५ विद्यार्थी सहभागी भएको जनाइयो ।

तालिमको क्रममा त्रिवि, काठमाडौँ विश्वविद्यालय, त्रिविअन्तर्गतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी ६ जना विभिन्न विषयका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे जानकारी गराइने बताइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group