काठमाडौँ, ८ चैत । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजदेखि सुरू गर्दैछ ।
वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२ गतेको समयसीमा तोकेर दर्ताका लागि आह्वान गरे अनुसार आजदेखि दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त हुन पुगेको थियो ।
यसैगरी, तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्