काठमाडौँ, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्नेभन्दा माग पूरा गराउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोसित युवाले नाराबाजी गरेपछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो सुझाव दिएका हुन् ।
‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङदेनले ट्विट गर्दै भनेका छन्, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईं स्वयंलाई थाहा छ ।’
प्रतिक्रिया दिनुहोस्