ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा


एबीसी न्यूज
८ चैत्र २०७९, बुधबार   २ : ५२   बजे

काठमाडौं, ८ चैत । भक्तपुर, ८ चैत रासस स् भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि नि:शुल्क पूर्ण स्वास्थ्य परीक्षण होलबडी सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिका लागि नि:शुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताउनुभयो । उहाँका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको हो ।

प्रदेश सरकारले अस्पताललाई रु २५ लाख उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको डा गौतमले बताउनुभयो । सेवा लिनका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले बागमती प्रदेशभित्रका बासिन्दाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्नेछ ।

निजी अस्पताल वा क्लिनिकमा पूर्ण स्वास्थ्य परीक्षण गर्दा महँगो हुने भएकाले अस्पतालबाट उपलब्ध नि:शुल्क सेवा लिन अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले प्रदेशका बासिन्दालाई आह्वान गर्नुभयो । अस्पतालले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक बार्डसमेत स्थापना गरेर सेवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु १५ लाखको सहयोगमा हाल दुई शय्या सञ्चालनमा रहेको प्यालिएटिभ केयर सेवा पाँच शय्यामा विस्तार गर्ने तयारी भइरहेको कायस्थले बताउनुभयो । उहाँका अनुसार क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो सेवा सञ्चालन गरिएको हो । साथै ज्येष्ठ नागरिकको उपचारका लागि प्रदेश सरकारको रु १५ लाखको सहयोगमा पाँच शय्याको नि:शुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ ।

अस्पतालका मेसु डा गौतमका अनुसार अस्पतालले अल्जाइमरअर्थात् बिर्सने रोगको नि:शुल्क उपचार सेवा सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सर्वसाधारणमा त्रास बढ्नुका साथै अल्जाइमरका रोगी पनि बढेकाले अस्पतालले ‘अल्जाइमर क्लिनिक’मार्फत सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

डा गौतमका अनुसार मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो चिकित्सकसहितको टोलीले प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिरहेको छ । साथै बुधबार पाटन अस्पतालका मनोरोग विशेषज्ञ डा निदेश सापकोटाद्वारा ज्येष्ठ नागरिकका लागि मनोरोग विशेषज्ञ सेवासमेत सुरु गरेको छ ।

अस्पतालले नियमित न्यूरो ओपिडी सेवा सुरु गरेको छ । पाटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक डा प्रकाश विष्टले भक्तपुर अस्पतालमा आफू जोडिएको बताउँदै भक्तपुर अस्पतालमा न्युरो सर्जरी सेवा विस्तार गरेको जनाउनुभयो । उहाँले मुटु सेवा सञ्चालनमा ल्याउनुका साथै १६ शय्याको आइसियु सञ्चालनमा आएदेखि नै बिरामीको चाप रहेको जानकारी दिनुभयो ।

अस्पतालले प्रसूति सेवाअन्तर्गत शल्यक्रिया सेवा विस्तार गरेको छ । लामो समय बेथा लागेर प्रसूति समस्या आएका तथा पाठेघरको शल्यक्रिया गर्दा पिसाब थैलीमा प्वाल परेर पिसाब चुहिने रोग लागेका महिलाका लागि नि:शुल्क शल्यक्रियाका लागि अस्पतालले अन्यत्र सिफारिस गर्न सुरु गरेको अस्पतालले जनाएको छ । यहाँबाट रिफर भएका महिलाले शल्यक्रियाका लागि मोडल अस्पताल काठमाडौँ नि:शुल्क उपचार सेवा पाउने मेसु डा गौतमले जानकारी दिनुभयो ।

त्यस्तै मस्तिष्काघात भएका बिरामीलाई भक्तपुर अस्पतालले मनोमोहन वा वीर अस्पतालमा रिफर गरेपछि त्यहाँ हुने शल्यक्रियामा रु दुई लाखसम्म नि:शुल्क उपचारको व्यवस्था गरिएको छ ।

अस्पतालमा हृदयाघात पहिचान भएका बिरामीका लागि प्रदेश सरकारको सहयोगमा गङ्गालाल अस्पतालमा रिफर गरी रु एक लाख ८० हजार बराबरको उपचार नि:शुल्क हुने गरिएको उहाँको भनाइ छ । अस्पतालमा २४ सैँ घण्टा इसिजी, आकस्मिक सेवा तथा एम्बुलेन्स सेवा सञ्चालित छन् ।

हाल अस्पतालमा दैनिक सात सय ५० देखि आठ सय बिरामी उपचारका लागि आउने गरेका अस्पताल विकास समितिका अध्यक्ष कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा मेसु डा गौतमले धेरै सुधार गरेसँगै बिरामीको चाप निकै बढेको छ, पछिल्लो समय प्रसूतिलगायतका सर्जरी अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको छ ।”

कायस्थका अनुसार पछिल्लो समय मुटु, कान, नसारोगलगायत सेवा विस्तार गरिएकाले बिरामीको चाप बढेर गएको हो । हाल अस्पतालमा दैनिक १० वटासम्म शल्यक्रिया हुने गरेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu