ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु


एबीसी / संवाददाता
१० चैत्र २०७९, शुक्रबार   ८ : ५२   बजे

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको प्रहारबाट लिम्बू घाइते भएका थिए । टोउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको थियो ।

बिपी प्रतिष्ठानको आइसियूमा उपचाररत लिम्बूको थपउपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौँ लाने तयारी भइरहेका बेला शुक्रबार बिहान २ः३० बजे निधन भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । धरान–१५ का लिम्बूलाई सहिद घोषणा गर्न माग गरिएको छ ।

घटनाको जिम्म प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवम् नेपाल प्रहरीले लिनुपर्ने भन्दै संघर्ष समितिले विज्ञप्तिमार्फत् लिम्बूको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ ।

४२ वर्षीय लिम्बू संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर थिए । उनी २०५२ देखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

भोटेकोशी बाढी : ११ आयोजनाका ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार

ल्हेन्दे खोलामा फेरि दुई साना ताल, तल्लो तटीय क्षेत्रमा सतर्क रहन विज्ञको सुझाव

कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ

भोटेकोशीमा बाढीको जोखिम कायमै, पूर्वसूचनामा ध्यान दिन महाशाखाको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu