ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र


एबीसी न्यूज
१० चैत्र २०७९, शुक्रबार   ३ : ०७   बजे

काठमाडौं, १० चैत । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् ।

सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन ।

निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन् । अस्पताल निर्माणका लागि विसं २०७७ असार २० गते ज्ञान ज्योति/कुँवर आयोजना जेभीले रू १३ करोड लागतमा निर्माणको जिम्मा पाएको थियो । हालसम्म १२ वटा पिलर ठड्याउनु बाहेक अरु काम हुन सकेको छैन । यतिबेलासम्म निर्माण सम्पन्न हुनुपर्नेमा करिब १० प्रतिशतमात्रै काम सकिएको स्थानीयको भनाइ छ ।

गाउँमा स्वास्थ्य संस्था भए पनि जटिल रोग लागे उपचारका लागि अन्य ठूला अस्पतालमा जानुपर्ने बाध्यता रहेको स्थानीय पूर्णबहादुर विकले बताउनुभयो । निर्माणाधीन अस्पताल सम्पन्न भइ सञ्चालनमा आएपछि सामान्य रोगको उपचार गराउन टाढा जानु नपर्ने उहाँको भनाइ छ । “गाउँमा स्वास्थ्यचौकी त छन् तर, यहाँ खासै उपचार हुँदैन, केही बिरामी परिहाले बुर्तिबाङ जानुपर्छ, यहाँ अस्पताल बन्न लागेको दुई वर्ष भयो, अहिलेसम्म थोरै मात्र काम भएको छ, यो बन्ला भन्ने आश नै मर्न लाग्यो”, विकले भन्नुभयो ।

निर्माण कम्पनीले विसं २०८० पुस २० सम्ममा निर्माण सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थपेको छ । तमानखोला गाउँपालिका–५ का अध्यक्ष हीराबहादुर विकले निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरे पनि विभिन्न बहाना बनाएर काम नगरेको बताउनुभयो ।

“निर्माण कम्पनीसँग बसेर छलफल गरियो, निर्धारित समयभित्र काम सक्छौँ भने पनि फिल्डमा काम गर्न आउँदैनन्”, अध्यक्ष विकले भन्नुभयो, “विद्युत्, खानेपानी र कामदारका लागि बस्ने व्यवस्थापनसमेत गरेका थियौँ, अस्पताल समयमै बनोस् भन्ने चाहेका छ ।”

अस्पताल सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले थपेको म्यादसम्म काम नगरे ठेक्का रद्द गर्ने बताउनुभयो । लामो समयसम्म काम नगरेपछि जनप्रतिनिधि र ठेकेदारसँग बैठक बसी तत्काल काम सुरु गर्ने निर्णय भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group