ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा


एबीसी न्यूज
१० चैत्र २०७९, शुक्रबार   ४ : ०७   बजे

काठमाडौं, १० चैत । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गर्नुभयो ।

नेकपा एमालेबाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुनुहुन्छ ।

प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको नेतृत्वमा सरकार बनाउन अभिभावकीय र नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । उहाँले हाल राष्ट्रियरूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र माओवादी केन्द्र अर्को फरक राजनीतिक गठबन्धन बनाउने दिशातर्फ उन्मुख भएको अवस्थामा जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भइरहन नसकिने अवस्थाका कारण आजैका मितिदेखि लागू हुनेगरी संयुक्त राजीनामा दिएको घोषणा गर्नुभयो ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनका लागि आह्वान बैठक हाल जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu