काठमाडौँ, १० चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन् ।
बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोसी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे ।
“प्रदेशको नामांकन ठीक ढंगले भएको छ”, उनले भने, “मानिसको उत्पत्तिभन्दा कोसीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन ।” वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, “कोसी प्रदेश उपयुक्त छ । अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ ।”
प्रतिक्रिया दिनुहोस्