ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा रासायनिक मल कारखाना स्थापना गर्न माग


एबीसी न्यूज
१६ चैत्र २०७९, बिहिबार   १ : ४९   बजे

काठमाडौं, १६ चैत । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर सांसद मायाप्रसाद शर्माले मिटरब्याजको विषय सामन्ती राज्यप्रणालीको अवशेषका रुपमा रहेकाले त्यसलाई कानुनी र व्यावहारिक दुवै तवरले हल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजीलाई कारबाही कहिले गर्ने भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।

सांसद शर्माले केशर पुस्तकालयमा रहेका पुराना र महत्वपूर्ण पुस्तक संरक्षणमा सम्बद्ध निकायले ध्यान नदिएको भन्दै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो । सांसद कमला पन्तले सहकारी संस्थाको ज्यादतीका कारण मानिसले अकालमा ज्यान फाल्नुपरेको तथ्य प्रस्तुत गर्दै समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

उहाँले मिटरब्याजीका कारण गरिब, निमुखा नागरिकको घरखेत गएको र जीवनयापनसमेत गर्न नसक्ने अवस्थामा पुगेको तथ्य पेस गर्नुभयो । उहाँले किसानलाई उत्पादन बढाउनका लागि मुलुकभित्रै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग दोहोर्‍याउनुभयो ।

सांसद शारदादेवी भट्टले मिटरब्याजमा लिएको ऋणको ब्याज तिर्दातिर्दा कहिले नसकिने यो कस्तो अन्याय हो भन्ने प्रश्न गर्दै पीडितलाई राहत र पीडकलाई कारबाहीको माग गर्नुभयो । यो धनुषाको मात्रै समस्या नभई देशभरको समस्या भएको उल्लेख गर्दै उहाँले आफ्नो गुनासो र दु:ख सुनाउन आएका पीडितलाई खुलामञ्चमासमेत बस्न नदिइएकामा आपत्ति जनाउनुभयो । सांसद प्रमिला कुमारीले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाउने र घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group