ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : अर्थमन्त्री महत


एबीसी / संवाददाता
१८ चैत्र २०७९, शनिबार   ६ : ४२   बजे

काठमाडौँ, १८ चैत । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका छन् ।

मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा.महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताए । “हामीले आत्मविश्वास बढाउनुपर्नेछ । अहिलेको निराशालाई आशामा बदल्नु छ । त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका रहन्छ । नेपाल राष्ट्र बैंकलगायत सबै निकाय र कर्मचारीको सहयोग चाहिन्छ । हामी गर्न सक्छौँ (वी क्यान डु इट) भन्ने भावनाले काम गरौँ ।”, अर्थमन्त्री महतले भने । सकारात्मक आत्मविस्वास जगाउन सके अर्थतन्त्रमा विस्तारै सुधारका संकेत देखिने उनको विश्वास छ ।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका रहनुपर्ने बताए ।

“अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिकाबाटै समस्या समाधान गर्ने हो । हामीले नतिजामा आधारित भएर काम गरौँ । हाम्रो मूल्यांकन पनि त्यसरी नै हुन्छ । अहिले आफ्ना लागि सोच्नेभन्दा पनि देश र जनताका लागि सोच्नुपर्ने बेला छ,” अर्थमन्त्री महतले भने । अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय भएर मात्र नतिजा निकाल्न नसकिने बताउँदै उनले समग्र राज्य संयन्त्र नै एकाकार भएर लाग्नुपर्ने बताए ।

मुलुकमा लगानीको वातावरण बिग्रँदै गएको र उत्पादनको लागत महँगो भएको उल्लेख गर्दै उनले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । सार्वजनिक खर्चमा मितव्ययितासँगै योजना र कार्यक्रमको प्राथमिकीकरण गर्न पनि आवश्यक रहेको उनको भनाइ छ । सार्वजनिक खर्च कटौती गर्नुपर्ने र पुँजीगत खर्चमा पनि आवश्यकता निर्धारण गरेर बजेट खर्च व्यवस्थापन गर्नुपर्ने मन्त्री महतले बताए ।

उनले भने, “अहिले राजस्व निकै कम छ । जहाँतही खर्च गर्ने नभइ आवश्यकताका आधारमा मात्रै खर्च निर्धारण गर्नुपर्नेछ । के अत्यन्त महत्वपूर्ण छ र बढी प्रतिफल दिन्छ भनेर आयोजना कार्यक्रमको प्राथमिकीकरण गर्नुपर्नेछ ।” अफ्ठ्यारोमा परेको परिवारले आफ्ना आवश्यकता निर्धारण गरेजस्तै अहिले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोमा परेको बेला सरकारले पनि त्यहीअनुसार खर्चको प्राथमिकता निर्धारण गर्ने अर्थमन्त्री डा महतको भनाइ छ ।

राजस्व व्यवस्थापन अहिले अर्थतन्त्रको चुनौती रहेकाले त्यसलाई पनि गम्भीरताका साथ हेर्नुपर्ने उनले बताए । भन्सार सीमा नाकाबाट भइरहेको चोरी पैठारी नियन्त्रण र अर्थतन्त्र चलायमान बनाएर करको दायरा विस्तार हुनसके लक्ष्यअनुसार राजस्व उठ्ने उनको भनाइ छ । “आर्थिक गतिविधि बढेसँगै राजस्व पनि बढ्छ । राजस्व अनावश्यक उठाएर करदातालाई बढी कर लगाउनभन्दा करको दायरा बढाउनेतर्फ हामी केन्द्रित हुन्छौँ । भन्सार नाकामा हुने चोरी पैठारी नियन्त्रणका लागि हाम्रा संयन्त्र परिचालन गर्न आवश्यक छ,” उनले भने । बाह्य क्षेत्रको असन्तुलन बढिरहँदा अन्तर्राष्ट्रिय द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग पनि पर्याप्त छलफल र समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group