ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचुनाव – रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी


ABC NEWS
२१ चैत्र २०७९, मंगलबार   ७ : ०७   बजे

भरतपुर २१ चैत । वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् । तीनवटा उजुरी चितवन–२ मा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् ।राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी रवि लामिछानेविरुद्ध मुख्य निर्वचन अधिकृतको कार्यालयमा दाबी विरोधको उजुरी दर्ता गर्दै
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एउटा उजुरी काठमाडौंबाट ई–मेलमा प्राप्त भएको हो । उम्मेदवारका तर्फबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबारभित्र निर्णय लिनु पर्नेछ । ‘एउटा उजुरी सर्वसाधरणबाट काठमाडौंदेखि ई–मेलमा आएको छ । त्यो पनि यहाँ दर्ता भयो । त्यसका बारेमा हामीले सात दिनभित्र उजुरी परेको उम्मेदवारसँग स्पष्टीकरण लिएर बाँकी प्रक्रियाका लागि फाइल निर्वचन आयोगमा पठाउने छौं,’ चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने । बाँकी उजुरीमा बुधबार ५ बजेभित्र निर्णय दिने उनले बताए ।

राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दर्ता गराएका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले रवि लामिछानेले विदेशी नागरिकता त्यागेपछि प्रक्रिया पुर्‍याइ नागरिकता लिएको तीन महिना पुगेको नदेखिने हुँदा उनी उम्मेदवार हुन योग्य छैनन् भन्दै उजुरी ९दाबीरविरोध० दर्ता गराएका छन् । प्रक्रिया पुर्‍याएर नागरिकता लिएको नदेखिने भन्दै मुद्दा परेपछि सर्वोच्च अदालतले गत मंसिरमा चितवन–२ बाट विजयी लामिछानेको सांसद् पद खारेज गरेको थियो । सोही कारण चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

अमेरिकी नागरिकता वा स्थायी अनुमति प्राप्त त्यागेको जानकारी गराएपछि लामिछानेले माघ १५ मा नागरिकता लिएको जिकिर पुरीले दिएको उजुरीमा उल्लेख छ । सोही मितिलाई उनले अमेरिकी नागरिकता त्यागेको औपचारिक जानकारीका रुपमा लिनुपर्ने उजुरीमा भनिएको छ ।

‘नेपालको संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ । माघ १५ मा नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा भएको देखिँदैन,’ उजुरीमा उल्लेख छ । उम्मेदवारी मनोनयन दर्ता गरेपछि सोमबार सञ्चारकर्मीहरुसँग लामिछानेले अदालतको फैसलामा अमेरिकी नागरिकता सन् २०१८ मा त्यागेको देखिने भनेर उल्लेख भएको हुँदा यो विषय निरुपण भएको प्रतिक्रिया दिएका थिए ।

लामिछानेविरुद्ध दर्ता भएका अन्य उजुरीको विषय पनि यही रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले मुख्य निर्वचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । त्यसैगरी काठमाडौंबाट युवराज पौडेलले पनि ई–मेलबाट पठाएको उजुरी कार्यालयमा दर्ता भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu