ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा अन्तिम सुनवाइ हुँदै


एबीसी / संवाददाता
२२ चैत्र २०७९, बुधबार   ९ : ३१   बजे

काठमाडौँ, २२ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुँदै छ ।

जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेसी स्थगित गरिएको थियो ।

गत ५ भदौमा राति सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका अनुसार पक्राउ परेका लामिछाने रिहा भएपछि पछिल्लो समयमा  भने किशोरीको जाहेरी  विवादास्पद हुँदै गएको छ । मुख्यतः  उनी नाबालिग हो कि होइन भन्ने विषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।

यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट टुंग्याउन आदेश दिएपछि जिल्ला अदालतले आज पेसी तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu