ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनोद चौधरीको सम्पत्ति बढ्यो, १ अर्ब ८० करोड डलर पुग्यो


abc tv
२२ चैत्र २०७९, बुधबार   २ : १०   बजे

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति विगतको तुलनामा बढेको छ ।

म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो ।

उनी फोर्ब्स सूचीका १६४७औँ अर्बपति रहेका छन् ।

६७ वर्षका उनको सम्पत्ति स्रोत विविध रहेको छ। काठमाडौंका उनका तीन सन्तान छन्।

फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो।

सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए । त्यतिबेला उनको सम्पत्ति १.१ अर्ब डलर थियो ।

त्यसपछि २०१५ मा १.३ अर्ब डलर, सन् २०१६ मा १.१ अर्ब डलर, २०१७ मा १.३ अर्ब डलर, २०१८ मा १.५ अर्ब डलर, २०१९ मा १.७ अर्ब डलर, २०२० मा १.४ अर्ब डलर, २०२१ मा १.४ अर्ब डलर, २०२२ मा १.५ अर्ब डलर रहेकोमा सन् २०२३ मा आइपुग्दा १.८ अर्ब डलर पुगेको हो।

को हुन् चौधरी?
चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन्। उनको नबिल बैंक र वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्समा ठूलो सेयर स्वामित्व छ।

वाइवाइ चाउचाउका भारत, सर्बिया र बंग्लादेशमा कारखाना रहेको छ। इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ। जसले धेरै प्रकारका ससेज ल्याउने तयारी छ।

सीजीको होटल सम्पत्ति पनि छ। १४३ वटाको स्वामित्व रहेकोमा अन्य सम्पत्ति समेत व्यवस्थापन गरिरहेको छ। त्यसमा भारतको ताज होटल चेन समेत समावेश छ।

उनका छोराहरु निर्वाणले नेपालमा र राहुल र वरुणले विदेश बसेर सीजी ग्रुप हाँकिरहेका छन्। निर्वाण र राहुल ग्रुपका प्रबन्धनिर्देशक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu