ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत महशुल नतिरेपछि लुम्बिनी प्रदेशसभाको बिजुली काटियो


abc tv
२२ चैत्र २०७९, बुधबार   २ : ४३   बजे

रुपन्देही । लुम्बिनी प्रदेशसभाले लामो समय विद्युत महसुल नतिरेपछि मंगलबार विद्युत् प्राधिकरणले सदन सुरू हुनु केही समयअगाडि लाइन काटिदियो ।

एक महिना ३ दिनपछि सुरू भएको पहिलो अधिवेशनको आठौं बैठकमा शून्य समयमा बोल्न सांसदहरू तयारी भएर सदनमा प्रवेश गरिसकेका थिए । विद्युत काटिएकै कारण ४५ मिनेट ढिलो जेनेरेटरको चलाएर बैठक सञ्चालन गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत महशुल नबुझाएको भन्दै लाइन काटेको थियो । तर, धेरै सांसदले सदन ढिला हुनुको कारण पत्तोसमेत भएन ।

लाइन काटिएका कारण सदन ढिलो भएको जानकारी पाएका प्रदेश सांसदले यसलाई मसला बनाए । तर, किन काटिएको हो भन्ने बुझेनन् । बैठकमा प्रदेशसभा सदस्य दिपेन्द्र पुनले विद्युत काटिएका कारण आफूहरूको अपमान भएको र यसको जवाफ प्रदेश सरकारले दिनुपर्ने जिकिर गरेका थिए ।

‘यस्तो अपमान सहन सकिँदैन पैसा तिर्नु थियो, अस्तिको दिन काट्या भए हुन्थ्यो । पैसा तिर्नु थियो, पर्सिको दिन काट्या भए हुन्थ्यो ‘, पुनले बैठकमा भने ।

अर्का सांसद बसिउद्दिन खाँले विद्युतको सामान्य महसुल नतिरेर सदनको मानहानी गरेको आरोप लगाउँदै यसको जवाफ मुख्यमन्त्रीले दिनुपर्ने बताए ।

नेपाल विद्युत प्राधिकरण लमही शाखाका कार्यालय प्रमुख जगन्नाथ लामिछानेले प्रदेश सरकारले ७ लाख ६३ हजार ३ सय ५० रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेको र यसमा एक लाख २१ हजार ६ सय ५२ रूपैयाँ हर्जना थपिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu