ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भियतनामसँग पराजित


एबीसी / संवाददाता
२२ चैत्र २०७९, बुधबार   ८ : ४७   बजे

काठमाडौँ, २२ चैत । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ पहिलो चरण छनोटअन्तर्गत नेपाल भियतनामसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ को फराकिलो अन्तरले हार ब्यहोरेको हो । पहिलो हाफमा ३–० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा थप २ गोल गर्‍यो । नेपालका लागि सावित्रा भण्डारीले सान्त्वना गोल फर्काइन् ।

भियतनामले नेपालको कमजोर डिफेन्स र खराब गोलरक्षकको भरपुर फाइदा उठाउँदै फराकिलो जित हासिल गरेको हो ।

खेलको ११औँ मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासलाई हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । ३५औँ मिनेटमा भियतनामकी कप्तान हियुन नुलेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।

लगत्तै तीन मिनेटपछि नुयन थि बिच थुवको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३–० ले पछि परेको थियो ।

दोस्रो हाफको ४८औँ मिनेटमा भियतनामले अर्को गोल थप्यो । होआङ थि लोनको क्रसमा कप्तान हियुन नुले गरेको हेडर गोलरक्षक एन्जिला तुम्बाहाङ्फेले रोक्न सकिनन् ।

७९औँ मिनेटमा नेपालका लागि भण्डारीले गोल गरिन् । सरू लिम्बूले मिडफिल्डबाट खेलाएको थ्रु पासमा अफसाइड ट्रयाप बिट गर्दै सावित्राले गोलरक्षकलाई बिट गर्दै सुन्दर फिनिस गरिन् ।

भियतनामका लागि पाँचौँ गोल नुयेन थान नाले इन्ज्युरी समयको पहिलो मिटनमा ३५ याडै टाढाबाट गरिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu