ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उडिरहेको जहाजभित्र झगडा गर्ने दुई यात्रु पुगे प्रहरी हिरासतमा


एबीसी / संवाददाता
२४ चैत्र २०७९, शुक्रबार   ८ : १३   बजे

काठमाडौँ, २४ चैत । बुद्ध एयरको जहाजभित्रै दुई यात्रु झगडा गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बुधबार साँझ विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको उडान नम्बर ७१० को जहाजमा दुई यात्रुबीच लफडा चलेको थियो । तर, लफडाको कारण भने पुरानो रहेको खुलेको छ । दुई यात्रुबीच जग्गाको कारोबारको विवादमा विमानभित्रै झगडा परेको खुलेको छ ।

उनीहरूमध्ये एक जनाले काठमाडौँमा जग्गा दिलाइदिने भनी बैना रकम लिएका रहेछन् । उनले भनेजस्तो जग्गा मिलाइदिन नसकेपछि विराटनगरमा जग्गा मिलाइदिने सर्तमा दुवै जना विराटनगर पुगेका थिए । तर, त्यहाँ पनि जग्गामा कुरा मिल्न नसकेपछि रकम दिने व्यक्तिले आफूलाई काठमाडौँ फिर्ता हुने भन्दै बुद्ध एयरको टिकट काटे । अर्का व्यक्तिले पनि अर्को उडानमा टिकट काटे ।

तर, बुधबार दुई उडानलाई एउटै उडानमा मर्ज गरी काठमाडौँ उडाइयो । अनि जग्गाका झगडालु एउटै विमानमा भेट भए । उनीहरू बस्ने सिट पनि सँगै पर्‍यो ‘९ए र ९बी’ मा । सुरूमा काठमाडौँ नजाने भनेका व्यक्ति आफूसँगै देखेपछि झगडा सुरू भएको थियो ।

उनीहरूबीच केहीबेर हात हालाहालकै अवस्था भएको थियो । अरू यात्रुले र विमान कर्मचारीले झगडा मिलाउन निक्कै मेहनत गर्नुपरेको थियो । पछि फ्लाइट एटेन्डेन्सले सिट फरक–फरक पारेर विमानभित्रको झगडा भने साम्य पारेका थिए ।

विमानस्थलमा झरिसकेपछि नेपाल उड्डयन प्राधिकरणले उनीहरूलाई विमानस्थल सुरक्षामा खटिएको प्रहरीलाई जिम्मा लगाएको थियो । झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ हुन् ।

ती दुवै जनामाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी लालमणि आचार्यले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जनन्नाथ निरौलाले उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीलाई बुधबार नै बुझाएको बताए ।

उनीहरूलाई कुन कसुरमा अनुसन्धान अघि बढाउनेबारे प्रहरीले अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group