काठमाडौँ, २६ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नइ सुपर किंग्सले दोस्रो खेलमा जित हासिल गरेको छ ।
शनिबार चेन्नइले मुम्बइ इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जित दर्ज गरेको हो भने मुम्बइ आफ्नो सुरुवाती दुवै खेलमा लगातार पराजित हुन पुगेको छ ।
मुम्बइले दिएको १५८ रनको लक्ष्य पछयाउँदै चेन्नइले तीन विकेट गुमाएर १८.१ ओभरमै पूरा गरेको थियो । चेन्नइका लागि अजिन्के रहानेले सर्वाधिक ६१ रन बनाएका थिए ।
त्यस अगाडि मुम्बइले आठ विकेटमा १५८ रनको लक्ष्य चेन्नइलाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्