ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड किन गए लेखराज भट्टको घरमा ? के भट्ट माओवादीमा फर्कन लागेका हुन् ?


ABC NEWS
२६ चैत्र २०७९, आइतबार   १२ : ११   बजे

 

काठमाडौं २६ चैत । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेता तथा हालका एमाले सचिव लेखराज भट्टलाई उनको घरमै पुगेर भेटेका छन् ।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास अत्तरिया पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । प्रचण्डले भट्टसंगै नास्ता गरेर सदुरपश्चिमाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन गएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताए । उनले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’

sharethis sharing button
प्रधानमन्त्री प्रचण्डले भने– भट्टजीको घरसँग मेराे ४० वर्ष देखिको सम्बन्ध छ
‘लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो’ प्रधानमन्त्रीले भने ।

जनयुद्धमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे । नेकपा विभाजनपछि एमाले प्रवेश गरेका भट्टसँग प्रचण्ड निक्कै चिढिएका थिए ।  भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अदालती आदेशबाट तत्कालीन नेकपा विभाजन भएपनि पूर्वमाओवादी नेता भट्ट एमालेतिर लागेका थिए । नेकपा बन्नु अघि प्रचण्डंगको भट्टको विशेष सम्वन्ध थियो । तर सरकारमा पहिलो पटक नै मन्त्री नबनाएपछि उनी असन्तुष्ट बन्दै आएका थिए ।
एमाले सचिव बनेपनि माओवादीमा जस्तो सम्मान नभएकोमा पूर्व माओवादी नेताहरु असन्तुष्ट हुनुका साथै सर्वजनिक जिवनमा पनि गुमनाम जस्तै छन् ।
भेटका क्रममा प्रचण्डले एमालेतिर लाग्ने पुरानो निर्णयमा पुर्नविचार गर्न भनेका थिए । भट्टले स्पष्ट जबाफ नदिएपनि उनी सहितका टोपबहादुर रायमाझी र मणि थापाहरु माओवादीमै र्फिर्कन सक्ने गरी छलफल चलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu