ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंगलबार बेलुकासम्म संसदीय समितिका लागि दलहरुले नाम दिनु पर्ने कार्यव्यवस्थाको निर्णय


ABC NEWS
२७ चैत्र २०७९, सोमबार   १ : २६   बजे

काठमाडौं २७ चैत । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठकले संसदीय समिति चाँडो गठन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको अघिल्लो बैठकले परामर्श समिति गठन गरेको थियो ।

समितिको पहिलो बैठकले भोलि बेलुकासम्म समितिका लागि दलहरूले नाम पठाउने सहमति गरेको नेकपा ९एमाले० सचेतक महेश बर्तौलाले बाह्रखरीलाई जानकारी दिए ।

बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली संशोधन गर्ने पनि निर्णय गरेको छ । जसका लागि आवश्यक समिति गठन गर्ने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

“पहिलो बैठकबाट हामीले महत्वपूर्ण दुई निर्णय गरेका छौं,” बर्तौलाले बाह्रखरीसँग भने, “भोलि साझसम्म १० वटा विषयगत समिति गठन गर्न दलहरूबाट सांसदहरूको नाम संकलन गर्ने र संघीय संसद्को संयुक्त समिति गठन गर्न र सञ्चालनका लागि नियमावली संशोधन समिति बनाउने निर्णय गरेका छौं ।”

प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति छन् । उक्त समितिलाई २०७९ सालभित्रै गठन र पूर्णता दिने तयारी कार्यव्यवस्था परामर्श समितिमा भएको हो ।

यस्तै, संयुक्त समितिअन्तर्गत दुई संसदीय सुनुवाइ तथा राज्यको निर्देशन र सिद्धान्तसँग सम्बन्धित समिति छन् । यी समितिहरू चैत अन्त्यसम्म गठन भइसक्ने बर्तौलाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group