ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको फोहोर प्रकरण संसदमा : ‘ प्रधानमन्त्रीज्यू काठमाडौंका मेयरसँग तत्काल संवाद गर्नुस्’ – गगन थापा


ABC NEWS
२७ चैत्र २०७९, सोमबार   १ : ५२   बजे

 

काठमाडौं २७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंहदरबारलगायत ठाउँको फोहोर नउठेकोबारे प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाका मेयरसँग तत्काल संवाद गर्नुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको बताएका हुन्।
‘बाघ दरबार र सिंहदरबारबीच टकराव देखिएको छ। जनप्रतिनिधिले आफ्नो कुरा सुनुवाइ नभएको भनेर माग पूरा गराउन प्रयोग गरेको शैली र भाषाबारे पछि बहस गर्दै गरौंला,’ थापाले भने,‘तर अहिलेको समस्या समाधान गर्न तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गरियोस्। जुन विषय अहिले सल्टाउनु पर्ने हो सल्टाइयोस्, जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो समझदारी कायम गरियोस्, जायज मागहरू पूरा गरियोस्। हामी काठमाडौंका जनप्रतिनिधिलाई पनि यो प्रक्रियामा सहभागी गराइयोस्।’

सांसद थापाले समन्वयको अभावको विषय काठमाडौं महानगरसँग मात्र सम्बन्धित नभएको बताए।
‘अहिले सिंहदरबारमा थुप्रै पालिकाका प्रमुख कर्मचारीको सरूवा गर्न र रोक्न सिंहदरबारमा धाइरहेका देखिन्छन्,’ उनले भने,‘तीन तहको सरकारबीच अन्तर समन्वय गर्न संघीय सरकार प्रोएक्टिभ हुनुपर्छ। तर त्यो भएको छैन।’
आफूला सहयोग नगरेको भन्दै काठमाडौंका मेयर बालेन शाहले आइतबारदेखि सिंहदरबार, पुल्चोकको मन्त्रीक्वार्टर, राष्ट्रपति कार्यालय शितल निवासको फोहोर नउठाउन निर्देशन दिएका छन्।
मेयरको निर्देशनपछि सोमबार पनि ती ठाउँको फोहोर उठेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu