ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयुर्वेदद्वारा मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम लागू


एबीसी न्यूज
२८ चैत्र २०७९, मंगलबार   १ : १०   बजे

काठमाडौं, २८ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो ।

बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा वंशबदा कौण्डिन्यायनीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले कार्यक्रम सुरु गरिएको हो । “मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग लाग्नै नदिन अभियान सञ्चालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।

केन्द्रले बहिरङ्ग सेवाअन्तर्गत नि:शुल्क स्वास्थ्योपचार तथा परामर्श, विभिन्न २३ प्रकारका औषधिको नि:शुल्क वितरण, स–शुल्क फार्मेसी, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन, मातृशिशु स्वास्थ्य प्रवद्र्धन, पञ्चकर्मअन्तर्गत पूर्वकर्म सेवा, प्रयोगशाला परीक्षण, आयुर्वेदले निर्देश गरेको जीवनशैलीसम्बन्धी परामर्श, योगअन्तर्गत आसन, प्राणायाम तथा ध्यानलगायतका सेवा प्रदान गर्दै आएको छ । जिल्लामा धुलिखेल, दाप्चा, बालुवा, मङ्गलटार आयुर्वेद औषधालय तथा खरिबोट, मण्डन नागरिक आरोग्य सेवा केन्द्र, भुम्लु गाउँपालिका र नागरिक आरोग्य सेवा केन्द्र बेथानचोक गाउँपालिकाबाट सेवा प्रदान गर्दै आएको छ ।

गत फागुन दोस्रो सातादेखि नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच नि:शुल्क गर्दै आएको छ । उक्त कार्यक्रममा रु दुई हजार दुई सयमा नि:शुल्कबाहेक पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, फोक्सो, छातीको एक्सरे, इसिजी र युएसजी जाँच भइरहेको छ ।

स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सीमान्तकृत र आश्रित नागरिकलाई प्रदेश सरकारले नि:शुल्क स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउने भएको हो । कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने प्रदेश सरकारको योजना छ ।

मन्त्रालयले प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group