ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य


एबीसी न्यूज
२८ चैत्र २०७९, मंगलबार   १ : २१   बजे

काठमाडौं, २८ चैत । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ । दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिह बोहोराले जानकारी दिनुभयो ।

यहाँका आठवटा स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भन्नुभयो, “विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणबाट देखिएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।” अब अरु वडालाई छिट्टै बालविवाहमुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृति रोकथाम गर्न यो महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

बालविवाहमुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा यससम्बन्धी परियोजना लागू गरेर अन्तत : बालविवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिनुभयो ।

तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम

स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जिल्लाको तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार यहाँको तातोपानी गाउँपालिका– २ मा एक कार्यक्रमका बीच साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय पहुँच पुर्‍याइ जीवनस्तर उकास्न, आम्दानी गरी खर्चमा मितव्ययिता अपनाइ बचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखाजोखा गरी योजना बनाइ अगाडि बढ्न र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको स्वावलम्बन लघुवित्त इलाका प्रबन्धक दीपक महतले बताउनुभयो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जुन किसिममा कर्जा लिएका छन त्यही अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । स्वावलम्बन लघुवित्त शाखा जुम्लामा कार्यरत कर्मचारी कर्णसिंह रावतले नेपाल राष्ट्र बैंकको नीति नियममा रहेर काम गरिरहेकोले बाहिर फैलिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो । वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तमा आवद्ध रहेका समूह, महिला सदस्यको सहभागी रहेको स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group