ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेत न्यूजमा कृत्रिम बौद्धिकता ‘एआई’ ले पढ्न थाल्यो समाचार


एबीसी न्यूज
२८ चैत्र २०७९, मंगलबार   ९ : ५८   बजे

काठमाडौं, २८ चैत्र ।  कुवेत न्युजले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरी समाचारवाचक सिर्जना गरेको छ । उनको नाम फेदा हो। फेदाले कुवेत टाइम्सको सहयोगमा कुवेत न्‍यूजको ट्विटर एकाउन्टमा समाचार वाचन गरेकी छिन् ।

फेदा कालो रङको ज्याकेट, सेतो रङको टीसर्ट र खैरो कपालमा टेलिभिजनको स्क्रिनमा देखिएकी छिन् । कुवेती मिडिया आउलेटले आर्टिफिसयल इन्टेलिजेन्टस्‌को प्रयोग गरेर एउटा समाचारवाचक बनाएको दाबी गरेको छ ।

कुवेती समाचारका निमित्त प्रधानसम्पादक अब्दुलाल बोफ्टेनले एएफपी समाचार एजेन्सीसँग भने, ‘ समाचारमा एआईको नयाँ र इनोभेटिभ कन्टेन्ट पस्किने परीक्षण गरेका हौं ।’

उनले अरबी भाषामा भनेकी छिन्, ‘म फेदा हो। कुवेतमा पहिलो प्रस्तुतकर्ता जसले कुवेत समाचारमा कृत्रिम बौद्धिकताका साथमा काम गर्दैछु । तपाई कस्तो खबर मन पराउनुहुन्छ रु तपाईको विचार भन्‍नुस् ।’

बोफ्टेनले फेदाले कुवेती उच्चारण र अनलाइनमा समाचार पनि पढ्न सक्‍ने बताएका छन् । ‘फेदा एउटा लोकप्रिय र पुरानो कुवेती नाम हो जसले चाँदीको प्रतीक जनाउँदछ । हामी सधैं रोबोटको चाँदी तथा धातुको रंगको कल्पना गर्ने गर्छौं’, उनले भनेका छन्, ‘त्यसकारण हामीले दुवैलाई एकै ठाउँमा फेदालाई मिलाएर बनाएका हौं ।’

एआई समाचारवाचक फेदाको खैरो रङको कपाल र हल्का रंगको आँखाले कुवेती नागरिक र प्रवासीमा कुवेतीहरुलाई झल्काइरहेको उनले बताएका छन् । तर कुवेत एआई समाचारवाचक प्रस्तुत गर्ने पहिलो देश भने होइन । सन् २०१८ मा चीनको समाचार एजेन्सीले पनि यस्तै भर्चुअल समाचारवाचकको सुरूवात गरेको थियो । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu