ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय विकासका लागि गुरुयोजना


एबीसी न्यूज
२९ चैत्र २०७९, बुधबार   २ : ३५   बजे

काठमाडौं, २९ चैत । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ ।

गुरुयोजनाले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना बन्ने समृद्ध कञ्चनजङ्घा परियोजना कार्यक्रम संयोजक चित्राकुमारी चन्सुले जानकारी दिनुभयो ।

कार्यक्रमलाई हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले आर्थिक सहयोग गर्नुभएको छ । उहाँ यही चैत ५ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रको भ्रमण गरी फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि विकासको मोडेलबारे परिषद्का पदाधिकारीसँग छलफल तथा अन्तरकिया गर्नुभएको थियो । उहाँले दक्षिणी बेस क्याम्प जाने क्षेत्रका साथै तोरोङदेन र चेराममा सम्बन्धित परिषद्अन्तर्गत रहेका समितिका अध्यक्षसँग अन्तरक्रिया गर्नुभएको थियो ।

यसअघि यस क्षेत्रमा इन्टरनेट सेवाका लागि वर्ड लिङ्कका प्राविधिकले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाइ सेवाका लागि अध्ययन गरिसकेको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार उक्त अध्ययन पश्चात् बृहत्तर विकासका लागि फरक–फरक क्षेत्रका तीनजना इन्जिनियरले यहाँको समग्र पक्षको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेका छन् । जसमा खानेपानी, शौचालय, होटेल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत्, फोहोर मैला व्यवस्थापन, पुल पुलेसा, हेलिप्याडलगायत पक्ष रहेका छन् । यस क्षेत्रलाई पर्यटनको आधुनिक गन्तव्यका रूपमा विकास गरिने लक्ष्य लिइएको कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून छ । “पर्यटकको सङ्ख्या कसरी बढाउन सकिन्छ भनेर अध्ययन गरिएको हो । समृद्ध पहाडले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँग समन्वय गरी पर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम गर्नेछ”, उहाँले भन्नुभयो ।

कोभिड महामारीका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए । यस वर्ष पर्यटक आउने याम सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group