ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा सन् १९९३ पछि पहिलो पटक टिटानस संक्रमणबाट एकको मृत्यु


एबीसी / संवाददाता
१ बैशाख २०८०, शुक्रबार   ९ : ४८   बजे

एजेन्सी, १ वैशाख । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा सन् १९९३ पछि पहिलो पटक टिटानस संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । उक्त स्थानमा अन्य तीनवटा टिटानस संक्रमित विरामी भेटिएका छन् ।

न्यु साउथ वेल्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सिड्नीकी ८० वर्षीया एक महिलाको गत अप्रिल १ मा टिटानसका कारण मृत्यु भएको हो । यस वर्ष न्यू साउथ वेल्समा टिटानसको अन्य दुई संक्रमित भएको सूचनापछि यो घटना सार्वजनिक भएको मन्त्रालयले जनाएको छ ।

सन् २०१९ पछि न्यु साउथ वेल्समा टिटानस सङ्क्रमित भएको यो पहिलो घटना हो भने सन् १९९३ पछि टिटानसका कारण मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् ।

तीनै घटनामा टिटानस महिलाको तल्लो खुट्टामा लागेको सानो घाउबाट निकालिएको थियो र बगैंचाको माटोले दूषित बनाएका कारण उक्त संक्रमण भएको थियो ।

तीमध्ये दुई जना महिलासँग टिटानस खोपको कुनै रेकर्ड थिएन भने तेस्रो महिलाले ३० वर्षभन्दा पहिले खोप लगाएको बताएकी थिइन् ।

न्यु साउथ वेल्स हेल्थकी संक्रामक रोग निर्देशक क्रिस्टिन सेल्वेले समुदाय, विशेष गरी वृद्ध अस्ट्रेलियालीहरूलाई टिटनेस खोपको साथ अद्यावधिक भएको सुनिश्चित गर्न आग्रह गरेका छन् ।

“टिटानस आजको विश्वमा एक दुर्लभ तर सम्भावित घातक रोग हो । टिटानसविरुद्ध खोप नै सबैभन्दा राम्रो सुरक्षा हो,” सेल्वेले भने ।

उनले भने, “अस्ट्रेलियामा यो रोग प्रायः वृद्धवृद्धा र विशेषगरी महिलामा यो रोग देखा पर्छ । उनीहरूले खोपको मात्रा नपुर्‍याएका कारण संक्रमण देखिने गर्छ ।”

टिटानस माटोमा पाइने ब्याक्टेरिया क्लोस्ट्रिडियम टेटानीका कारण हुने गम्भीर रोग हो । ब्याक्टेरियाले घाउमा प्रवेश गरेर विषाक्त पदार्थ उत्पादन गर्न सक्छ, जसको परिणामस्वरूप गम्भीर रोग लाग्न वा मृत्यु हुन सक्छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयर’का अनुसार टिटानस कुनै पनि उमेरका व्यक्तिमा देखा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group