ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख तेस्रो साता भारत जाँदै प्रधानमन्त्री प्रचण्ड


एबीसी / संवाददाता
१ बैशाख २०८०, शुक्रबार   ४ : १४   बजे

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएका हुन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गत सोमबा बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएको स्रोतले बताएको छ । राजदूत श्रीवास्तवले अघिल्लो साता प्रधानमन्त्री प्रचण्डको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए ।

आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए । तर, नेपालको आन्तरिक राजनीतिमा भएको उतारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो ।

स्रोतका अनुसार जाने निश्चित मिति भने तय भएको छैन तर वैशाख तेस्रो साता दिल्ली जाने चाहिँ टुंगिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने छ ।

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमण्को तयारी सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu