ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी, एकीकृत समाजवादी र जसपाले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने


एबीसी न्यूज
३ बैशाख २०८०, आइतबार   ६ : ३२   बजे

काठमाडौं, ३ चैत्र । सत्तारुढ तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने भएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृतवको जसपाले पार्टी एकता अगाडि बढाउन संयुक्त मोर्चा बनाउन लागेका हुन्।

तीन पार्टीले १५ दिनभित्र मोर्चा बनाउने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताए।

उनले मोर्चाले सकारात्मक रुप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए। उनले आफूहरु पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उल्लेख गरे।

उनले भने, ‘सकारात्मक रुप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ। त्यो ठाउँमा हामी पुगेका छौँ। अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ। अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ।’

यस्तै, सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले भने पार्टी एकताको सम्बन्धमा कुनै प्रगति हुन नसकेको बताए।

उनले भने, ‘हामीले कार्यदल पनि बनाएका थियौँ। कार्यदलले विभिन्न पार्टीहरुसँग कुरा पनि गरिरहेको छ। केही कुरा मिलेकाहरुसँग त अलि अगाडि एकता पनि भइसकेको छ। अरु केही कुरा नीति, सिद्धान्त, कार्यक्रम मिल्न सक्नेहरुसँग एकता हुँदै जान्छ। अहिले ठ्याक्कै यतिबेला चाहीँ त्यति धेरै प्रगति छैन।’

उनले वामपन्थी विचारधाराका दलहरुसँग मोर्चा र एकीकरणका लागि छलफल चलिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu