ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयकमा सहमति गर्न बालुवाटारमा सत्तारुढ पाँच दलको बैठक


ABC NEWS
४ बैशाख २०८०, सोमबार   ७ : १६   बजे

 

काठमाडौं ४ बैशाख । संक्रणमकाली न्याय निरुपणसम्बन्धी विधेयकबारे छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ।

सोमबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलपछि पाँच दलको अलग्गै बैठक बालुवाटारमा केहीबेरअघि सुरु भएको हो।

सत्ता साझेदार ५ दलले टीआरसी सबन्धी विधेयकलाई संसदबाट टुंगोमा पुर्‍याउने तयारी गरेका छन्। उता एमालेले भने यो विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने अडान लिइरहेको छ।

टीआरसीबारे एमालेको अडान स् अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्चको आदेशविरुद्ध जान सकिँदैन

यो बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

उता एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेको उपस्थिति छ।

अर्कातिर जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी सहभागी छन्।

सोमबार बिहान बालकोटमा भएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डबाट दायाँबायाँ हुन नहुने अडान लिएको थियो।

बालकोटमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा एमालेले टीआरीससम्बन्धी विधेयकमाथि संसदीय समितिमा पहिले छलफल गरिनुपर्ने पनि एमालेको शर्त थियो।

बालकोट बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने सहमति तीन दलले गरेका थिए।

तर, सोमबार अपराह्न प्रधानमन्त्रीले टीआरसीसम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दलसँग छलफल अघि बढाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu