ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटर ब्याज पीडितहरुमाथि शान्तिवाटिकामा भएको दमनबारे छानबिन समिति गठन


ABC NEWS
५ बैशाख २०८०, मंगलबार   ५ : १७   बजे

 

काठमाडौं ५ वैशाख,। भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । सोमबार शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।

मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गरे ।

उनका अनुसार मिटरब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इँटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपनाएको बताए । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठले बताए ।

घटनामा प्रहरी टोलीको नेतृत्व गरेका डीएसपी गम्भीर घाइते भएको र घाइते मिटरब्याज पीडितहरुलाई पनि आफूले भेटेको उनले बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यो दुखद घटना हो, अब आइन्दा यस्तो घटना नहोस्, प्रहरी प्रशासनले संयमता अपनाओस् भनेका छौं ।’

मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले बताए ।

सरकारले आयोग बनाउनुका साथै कानुन संशोधन गर्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘ जनजागरण अभियान गरेर बल पुर्‍याउनुभएको छ, यसको निम्ति धन्यवाद । तर अनावश्यक रुपमा पीडितहरुलाई दुख दिने काम कसैले पनि नगरौं भन्ने अपील पनि गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu