ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जा सम्मेलन : नेपाल र भारतका निजी कम्पनीबीच २ सय मेगावाट विद्युत् व्यापार गर्ने सम्झौता


ABC NEWS
५ बैशाख २०८०, मंगलबार   ९ : १५   बजे

 

काठमाडौँ ५ वैशाख । नेपाल र भारतका निजी जलविद्युत् व्यवसायिक कम्पनीबीच विद्युत् व्यापार सम्झौता भएको छ । अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापना भएको नेपाल पावर एक्सचेञ्ज कम्पनी र भारतको स्टिलमिन्ट इण्डिया कम्पनीबीच सम्झौता भएको हो ।

मंगलबारबाट सुरु भएको ऊर्जा सम्मेलन २०२३ मा नेपाल तथा भारतका निजी ऊर्जा कम्पनीहरूले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता गरेका हुन् । जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेपाल पावर एक्सचेञ्ज कम्पनीको तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य र स्टिलमिन्टको तर्फबाट महाप्रबन्धक क्षितिज पाण्डेले हस्ताक्षर गरे । २ सय मेगावाट विद्युत् व्यापारका लागि मणिकरण पावर कम्पनीसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको नेपाल पावर एक्सचेञ्ज कम्पनीका निर्देशक उत्तम ब्लोन लामाले जानकारी दिए ।

त्यस्तै सम्मेलनमा भारतको मणिकरण र नेपालको बिजबेल इनर्जी कम्पनीबीच विद्युत् खरिदसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । सो समझदारीअनुसार बिजबेल इनर्जीले हुम्लामा निर्माण गरिरहेको १०३.५ मेगावाट क्षमताको चुवा खोला आयोजनाबाट उत्पादन हुने विद्युत् भारतीय कम्पनी मणिकरणले खरिद गर्नेछ । यो समझदारीअनुसार नेपाल पावर एक्सचेञ्ज कम्पनीले विद्युत् खरिद कम्पनी मणिकरण र बिक्री गर्ने कम्पनी बिजबेलबीच खरिदबिक्रीको लागि मध्यस्थताका रुपमा काम गर्नेछ ।

मणिकरणले कसुवा खोला जलविद्युत् आयोजनासँग पनि समझदारी गरेको छ । जसअनुसार संखुवासभामा रहेको ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने थप विद्युत् मणिकरणले खरिद गर्नेछ । कसुवा खोलाले यसअघि नै नेपाल विद्युत् प्राधिकरणलाई ४५ मेगावाट विद्युत् बिक्री गर्ने सम्झैता गरिसकेको छ । तर, सरकारले नीतिगत रुपमा ुक्यूु घटाएर २५ सम्म ल्याउन सक्ने र विद्युत् उत्पादन क्षमता क्षमता बढाउन सक्ने व्यवस्था गरेपछि आयोजनाले क्षमता वृद्धि गरेर ८५ मेगावाटसम्म उत्पादन गर्ने योजना बनाएको छ ।

यसअनुसार विद्युत् प्राधिकरणसँग भएको सम्झौताभन्दा बढी परिमाणको कसुवा खोलाको विद्युत् मणिकरणलाई बिक्री गरिनेछ । मणिकरणले कसुवाखोला जलविद्युत् आयोजनाबाट प्राप्त हुने विद्युत्‌लाई दीर्घकालीन रुपमा भारतमा खपत गर्नको लागि भूमिका खेल्नेछ । त्यस्तै, यो कामको लागि नेपाल पावर एक्सचेञ्ज कम्पनीले खरिदकर्ता र बिक्रीकर्ताबीच मध्यस्थताको रुपमा भूमिका खेल्नेछ । यसैगरी, सम्मेलनमा फिफ्टीहर्ज प्राइभेट र ग्रीण रिसोर्सेज कम्पनीबीच पनि सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu