काठमाडौै ५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ (हायात) रिजेन्सी होटल लिमिटेड र तारागाउँ विकास समितिलाई तीन दिनभित्र जवाफ पेस गर्नुपर्ने गरी पत्र काटेको छ ।
पर्यटन मन्त्री सुदन किरातीले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै होटल हायातसँग सम्झौता किन नतोड्ने र तारागाउँ विकास समितिलाई किन विघटन नगर्ने भन्दै प्रश्न सोधेका हुन्।
मन्त्री किरातीले होटलसँग २७ र विकास समितिसँग २२ वटा प्रश्नको जवाफ मागेका छन्।
मन्त्रालयले तारागाउँ विकास समितिमार्फत नेपाल सरकारको लगानी तथा प्रतिफलको अध्ययन, अनुसन्धान, छानबिन तथा सुझाव सुधार कार्यदलको प्रतिवेदन, २०७९ ले तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नीति निर्णय, काम कारबाहीमा विभिन्न कोणबाट विश्लेषण गरेको जनाएको छ।
मन्त्रालयले दुवै निकायलाई पठाएको पत्रमा समिति र होटलको विभिन्न कोणबाट गरिएको अध्ययनअनुसार प्रतिवेदनमा उठेका मुद्दामा प्रशस्त प्रश्न गर्न सकिने ठाउँ देखिएको बताइएको छ।
ुकुनै कुनै विषयहरू निकै गम्भीर प्रकृतिका छन्। यस्तो परिप्रेक्ष्यमा यथास्थितिमा समिति र होटललाई सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिने या नदिने भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ, पत्रमा भनिएको छ।
– तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई सोधिएका २७ प्रश्न
– तारागाउँ विकास समितिलाई सोधिएका २२ प्रश्न
प्रतिक्रिया दिनुहोस्