ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान परामर्श


एबीसी न्यूज
५ बैशाख २०८०, मंगलबार   १० : ३६   बजे

काठमाडौं, ५ वैशाख ।  स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान परामर्श थालिएको छ । छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । परिवार र चिकित्सकबीच कुराकानी मिलेमा राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारत लगिने सम्भावना छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टिचिङ अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझेका थिए ।

सोमबारमात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए । मंगलबार फेरि छातीमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख थपलियाले जानकारी दिए । एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको डा। निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu