ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन विशेष :  रवि प्रतिरक्षात्मक, एमाले उत्साही, कांग्रेस अलमलमा (भिडियो वार्ता सहित)


ABC NEWS

 

 

 

 

भरतपुर चितवन ६ वैशाख । बैशाख १० गते हुने बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी उमेद्वार अन्तिम रस्साकसीमा छन् ।गत मंसिर ४ को आमनिर्वाचनमा विजयी कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चुनिएपछि तनहुँ–१, जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेको भन्दै अदालतको आदेशबाट सांसद पद गुमेपछि चितवन–२ पुनः चुनाव हुन लागको हो । सांसद पद गुमाएपछि पुनः नागरिकता लिएका रास्वपाका सभापति लामिछाने पनि चितवन–२ फेरि उम्मेदवार बनेका छन् । वैशाख १० को उपनिर्वाचनमा पौडेलको विरासत जोगाउन सत्ता गठबन्धनले तनहुँमा शक्ति परिचालन गरेको छ । गठबन्धनको अर्को दल जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं बारा–२ मा उम्मेदवार छन् । यादव सम्पतरी २ बाट गत मंसिर ४ को निर्वाचनमा पराजित भएका थिए ।

चितवन–२ मा चुनावको तापमान मात्र बढेको छैन जलबायु परिवर्तका कारण भरतपुरमा मंगबार ४१ डिग्री सेल्सियस तापमान रेकर्ड भएको थियो । चितवन २ मा रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनेक स्क्याण्डलका बावजुद पनि पुनः जनमत जोगाउनकै लागि आफूलाई एक पटक ५वर्ष संसदमा रहन दिनु पर्ने भन्दै मत मागिरहेका छन् । सभापति नै उम्मेदवार रहेकाले रास्वपाका देशभरिका टांठाबाठाहरुले चितवनमा आउटिंग गरिरहेका छन् । लामिछानेकाा प्रतिद्धन्दी भने यसपटक फेरिएका छन् । कांग्रेसबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् । पाँच महिनापछि भएको उपनिर्वाचनमा राम न्यौपानेले चितवन २ मा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका नेता कृष्णभक्त पोखरेलले उनलाई ठाउँ छाडिदिएका हुन् ।

रास्वपाका रवि लामिछानेविरुद्ध प्रतिस्पर्धा गर्न स्थानीय र युवा नेतृत्व अघि सार्नुपर्ने निष्कर्षसहित पार्टीले न्यौपानेलाई अघि सारेको थियो । चुनावी अभियानमा पनि उनले मतदातालाई आफू स्थानीय समस्यासँग भिजेको व्यक्ति भएको बताउँदै मत मागिरहेका छन् ।

दोहोरो राहदानी र नागरिकतासम्बन्धी मुद्दा तथा छोटो समय गृहमन्त्री हुँदा गरेका केही निर्णयका कारण लामिछानेप्रति मतदातामा शंका बढेको छ । पहिलो लामिछानेलाई भोट हालेका अधिकांका कांग्रेस र एमालेका मतदाता यसपटक आफ्नै उमेद्वारतिर फर्केको देखिएको छ । तर पाँच महिनाअघि लामिछाने ठूलो मतान्तरले विजयी भएकाले यसपालि अन्य दललाई परिणाम उल्टाउन सहज भने छैन । गत मंसिरमा चितवन–२ मा ८३ हजार ९ सय ६३ मत खसेको थियो । लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत पाएका थिए ।

०७० सालको संविधानसभा सदस्य निर्वाचन र ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाटै विजयी भएका एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४७ मतसहित तेस्रो मात्र भएका थिए । जबकि ०७४ को निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धीभन्दा १७ हजारभन्दा बढी मत ल्याएका थिए । चितवन–२ मा मतदाता संख्या १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । चितवन–२ मा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित भरतपुर महानगरका २९ मध्ये १० वटा वडा पर्छन् । स्थानीय तह निर्वाचनमा भरतपुर महानगर क्षेत्रमै एमालेको नतिजा निकै खस्किएको थियो । कालिका नगरपालिकामा संसदीय निर्वाचनमा अवस्था खस्कियो । इच्छाकामना गाउँपालिकाले मात्रै एमालेलाई साथ दिएको देखिन्छ । कम मत आएको इच्छाकामनामा रास्वपाले अहिले चुनावी अभियान तीव्र बनाएको छ । ‘अहिले के बजार, के गाउँ, के विकट पहाडी इलाका सबैतिर एकनासे माहोल रास्वपाको दावी छ । तर उनको दोहोरो नागरिकता र पसुनः दोहोारो राहदानी मुद्धामा उनी फस्ने आशंकाले पनि स्वयं उमेद्वार रविलाई प्रतिरक्षात्मक बनाएको छ । ‘

‘चुनावमा भएका कमीकमजोरी सुधार्न मिसन ग्रास रुट अभियान चलिरहेको छ । हामीले संगठनलाई सबल बनाउँदै लगेका बेला चुनाव आएको छ । साथीहरूका असन्तुष्टि समाधान भएका छन् । मतदाताको मन पनि बुझेका छौं, एमालेको सदस्य ता बोकेर अन्यत्र भोट हाल्ने मानि एमाले हुन सक्दैन । चितवनमा खटिएका गोकुल बास्कोटाले भने । ‘चितवन–२ हाम्रा लागि राम्रो ठाउँ हो । हामीलाई पुरानो अवस्थामा फर्कन गाह्रो छैन ।’ बासस्कोटाले उनकै शैलीमा भने बैशाख ७ गते सूर्य ग्रहण हो, ८ गेतबाट सब क्लियर छ ।

मंसिरको चुनावमा कांग्रेस आन्तरिक समस्यामा थियो । त्यति बेला कांग्रेसबाट उमेश श्रेष्ठ उम्मेदवार थिए । जिल्लाको आवश्यकताले भन्दा पनि केन्द्रीय सभापतिको चाहनामा उनलाई उठाएको आक्रोश कांग्रेस कार्यकर्तामा थियो । अहिले पार्टी एकढिक्का रहेको कांग्रेसको दाबी छ । ‘कांग्रेसका जितनारायण स्थानीय नेता हुन् । राजनीतिक ज्ञान र देश देशावरको अवस्थासँग परिचित छन् । पहिला बाहिरका व्यक्तिलाई पार्टीले जसर्वजस्ती उम्मेदवार बनाइयो भन्ने असन्तुष्टि थियो । नेता–कार्यकर्ताबीच बेमेल थियो । अहिले त्यस्तो छैन,’ काग्रेसका जिल्ला सभापति राजेश्वर खनाले भने । ‘पार्टीका नेता–कार्यकर्ता एकजुट भएर लाग्दा समर्थक र मतदातामा सकारात्मक प्रभाव पर्न सक्छ ।’

नागरिकता प्रकरणमा परेर संसद् पद खारेज भएपछि दोहोरो राहदानीको विषय उठिरहेका बेला लामिछाने उम्मेदवार नभएको भए राम्रो हुने वामपन्थी बुद्धिजीवी प्रेम रिमाल बताउँछन् । ‘दुई वटा राहदानी रहेको त लामिछाने आफैंले स्वीकार गरे । दुरुपयोग गरेको छैन भन्दैमा मुक्ति पाउने कुरा हुँदैन । न्यायालयले स्वतन्त्र भएर काम गर्न पाउनासाथ यो मुद्दामामिलामा जान्छ,’ उनले भने । रिमालले लामिछानेका समर्थकको शैली झै खत्तम छ । ‘फरक दलका समर्थकलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने, पत्रिका जलाउनेजस्ता काम गरिरहेका छन्,’ उनले भने ।
चितवनको निर्वाचचनमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस का हामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, बालकृष्ण खाण देखिका नेताको तांती लागेको छ । जितनारायणको पक्षमा माओवादी नेतृ तथा भरतपुर मनपाकी मेयर रेण्ुा दाहाल खटिएकी छन् । दाहालको रविप्रतिको अभिव्यक्ति भाइरल भइरहेको छ । तर गगन थापाले रविको आलोचना नगरेको भन्दै कांग्रेसीहरुले नै टिप्पणी गरिरहेका छन् ।
आफ्ना विरासत जोगगाउन खटिएका रविले पनि कालिकाको घरदैलो वा सडक रेसका क्रममा एबीसी संग भने – पहिले जस्तो मार्जिनले अन्तर नपरेपनि चुनाव जित्नेमा ढुक्क छु।
तर उनलाई राहदानीको विषय चर्भामा रहेकाबेला राष्ट्रियपरिचय पत्र छपाइका लागि कानुन विपरित टेण्डर दिएको घटनाले भ्रष्टाचारका बारेको दोहोरो चरित्र देखिएको छ । तर पनि चितवनमा अभै पनि महिला मतदातामा उनीप्रतिको अकर्षण अझै बांकी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com