ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगे प्रचण्ड, देउवा र नेपाल, गगन थापा स्वर्णिमको पक्षमा ! (लाइभ)


ABC NEWS
६ बैशाख २०८०, बुधबार   ४ : ३०   बजे

https://www.facebook.com/bhattaraigovindatanahun/videos/205208542245284

भरतपुर ६ बैशाख । तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न प्रधानमन्त्री सहित शीर्ष नेता तनहुं पुगेका छन्।

भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै दिन तनहुँ पुगेका हुन्।

प्रचण्ड बुधबार बिहान गोरखाको चुम उपत्यका पुगेर एउटा गुम्बाको कार्यक्रमलाई सम्बोधनपछि हेलिकोप्टरबाट तनहुँ आएका थिए ।

उता कांग्रेस सभापति देउवा काठमाडौंबाट सिधै तनहुँ पुगेका हुन्। तनहुँ १ मा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका डा. स्वर्णिम वाग्लेको चुनौती चिर्न शीर्ष नेता त्यहाँ पुगेका हुन्। उच्च राजनीतिक स्रोत काअनुसार तनहुंको चुनावमा खटिएका नेका महामन्त्री भित्रभित्रै स्वर्णिम वाग्लेलाई जिताउन लागेपछि सभापति देउवा सहित शिर्ष नेता आत्तिएका छन् । गगन थापाले तनहुंबाट वाग्लेलाई जिताएर राष्ट्रिय स्वतन्त्र पार्टी ससंसदीय दलको नेता बनाएर आफ्नो स्वार्थ अनुसार रास्वपालाई प्रयोग गर्ने रणनीतिमा लागेका छन् । थापाले चितवनको सभामा पनि रवि लामिछानेप्रति कुनै आलोचना नगरीकन फर्केपछि कांग्रेससीहरुमा छटपटी शुरु भएको छ ।

चुनावी कार्यक्रमलाई सम्बोधनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका छन्।

तनहुँ १ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu