ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिलेन्द्र बडूले संसदमा स्पष्टीकरण दिए –’ मेरो दोहोरो नागरिकता छैन, उजुरीकर्तालाई कारबाही होस्’


ABC NEWS
६ बैशाख २०८०, बुधबार   ६ : १३   बजे

 

काठमाडौं ६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो दोहोरो नागरिकता नरहेको प्रस्ट पारेका छन्।

उनले उजुरीकर्तालाई हदैसम्मको कारबाही गर्न पनि माग गरेका छन्। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले पूर्वमन्त्रीसहित १२ जनाले दोहोरो नागरिकता लिएको भनेर बडूकोसमेत नाम राखेर गृह मन्त्रालयमा उजुरी दिएको समाचार प्रकाशित भएको थियो।

आफ्नो नामसमेत जोडेर परेको उजुरीका आधारमा सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बडूले प्रतिनिधिसभाको शून्य समयमा भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर पूर्णतः झुटा, आधारहीन र दुराशयपूर्ण प्रायोजित समाचारप्रति गहिरो दुःख र खेद व्यक्त गर्दछु। विरोध जनाउँदछु र घोर भर्त्सना गर्दछु। ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न ठाडो चुनौती दिन चाहन्छु।’

बडूले तथ्यहीन आरोप लगाउने उजुरीकर्ता पौडेललाई कारबाही गर्न मागसमेत गरेका छन्। ‘सम्प्रेषित समाचारले म एउटा जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुर्‍याएको छ भने मैले पटकपटक आफ्नो सार्वभौम राष्ट्रको मन्त्री पदका जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पुर्‍याउन सक्ने भएकाले यस्ता तथ्यहीन व्यहोराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी स्थापित आचारसंहिताविपरीत दुराशयपूर्ण तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरूमाथि यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरी पाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण चाहन्छु,’ उनले भने।
यस अघि दोहोरो नागरिकता बोेकेका कारण रवि लामिछानेको संसद र गृहमन्त्री पद गएपछि मचितवनमा उपचुनाव हुन गएको छ । उनको दोहोरो राहदानीको विषय अझै बांकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group