काठमाडौ, १७ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले दुबै पार्टी विलय हुने भएपछिमात्र एकता सम्भव हुने बताएका छन् । पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने बताए ।
प्रेस चौतारी सुनसरीले मंगलबार धरानमा गरेको पत्रकार भेटघाटमा भट्टराईले पार्टीको नीति, सिद्धान्त र संगठनको रुपरेखालाई एकरुपता दिएपछि निर्णायक एकता हुने बताए । उनले पार्टी नेतृत्वको विषयमा भ्रम छरेर एकतालाई टुटाउन खोजेको आरोप समेत लगाए ।
नेतृत्वको विषय उचालेर पार्टी एकतालाई भाड्न खोजेको बताउँदै सचिव भट्टराईले एकता हुनासाथ नेतृत्वको सवालको पनि हल हुने बताए । उनले सरकार निर्माण र पार्टी एकता सँगसँगै अगाडि बढ्ने जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्