ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्लभ विश्व कीर्तिमान नजिक सन्दीप


एबीसी न्यूज
८ बैशाख २०८०, शुक्रबार   ९ : ५०   बजे

काठमाडौँ  । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिए दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्।

सन्दीपले आजको खेलमा एक विकेट लिए क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। सन्दीपले यसअघि ४१ खेलमा ९९ विकेट लिइसकेका छन्। आजको खेलमा एक विकेट लिए ४२ खेलमा सय विकेट पुग्नेछ।

सन्दीप ओडीआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वको दोस्रा खेलाडी हुन्। ओडीआईमा सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए।

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।

सन्दीप ओमानविरुद्धको खेलसहित दुइ खेलमा विकेटविहीन भए विश्व कीर्तिमान बनाउने अवसर गुम्नेछ।

दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए। पाकिस्तानका सक्लैन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा सय विकेट झारेका थिए।

सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका थिए। सन्दीपले ती ओडीआई खेलमा ५ विकेट झारेका छन्। ओडीआईमा नेपालबाट सय विकेट लिने सन्दीप पहिलो बलर बन्नेछन्।

सन्दीपपछि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा सोमपाल कामी छन्। सोमपालले ४४ खेलमा ६१ विकेट लिइसकेका छन्। करण केसीले ३८ खेलमा ५६ विकेट आफ्नो नाममा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu