काठमाडौं ९ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताएका छन् ।
शनिबार काठमाडौंको एक कार्यक्रममा उनले लगानी योग्य रकम बढेकाले उद्योगीहरुलाई फाइनान्सियल रिसोर्स अभाव नहुने बताए ।
“तपाईँहरु चिन्ता नगर्नुस् । तपाईँहरु ठूला आयोजना निर्माण गर्नुस् । बैंकहरु लगानी गर्ने स्थितिमा छन्,” उनले भने, “उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो । त्यहीअनुसार नीतिमा सुधार हुन्छन् ।”
प्रतिक्रिया दिनुहोस्