ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, कांग्रेसका सुरेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने


ABC NEWS
९ बैशाख २०८०, शनिबार   ७ : ३७   बजे

 

पोखरा ९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । अधिकारीले उक्त प्रस्ताव शनिबार बसेको प्रदेशसभा बैठकमा पेस गरेका थिए ।

एमालेका मुख्य मन्त्री अधिकारीको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उनलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका थिए । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।

६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ । प्रदेशसभाका कांग्रेसका सबैभन्दा धेरै २७ सिट छ । एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

एमाले संसदीय दलका नेता अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भई पुस २९ मा विश्वासको मतसमेत लिएका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रीय सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीले राजीनामा दिएपछि अधिकारी सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिबार लिएका हुन् ।
अधिकारी पद मुक्त भएसंगै पूर्व सहमति अनुसार कांग्रेसका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu