चितवन १० बैशाख । निर्वाचन क्षेत्र नम्बर– २ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको जानकारी दिए।
आइतबार बिहानबाट सुरू भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ। ४३ स्थानका लागि १३४ केन्द्रबाट मतदान भइरहेको छ। यहाँ १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्।
चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। चितवन ( २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुनस् मतदान हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस्