ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनका दुई केन्द्रमा मतदान रोकिएपछि रवि आत्तिए – ‘तपाईंका उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिनुस्’


ABC NEWS
१० बैशाख २०८०, आइतबार   ३ : १४   बजे

 

 

भरतपुर १० बैशाख । चितवनमा– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका रवि लामिछानेले उपनिर्वाचनका क्रममा उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिन प्रमुख दलका शीर्ष नेतालाई अपिल गरेका छन् ।

मतदान जारी रहेकै बेला सामाजिक सञ्जाल फेसबूकबाट लाइभ सन्देश जारी गर्दै रविले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्थाका लागि शीर्ष नेतालाई गुहारेका हुन् ।चितवनको भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएपछि रविले सौहार्दरूपमा भोट हाल्ने वातावरणका लागि माहोल बनाइदिन आग्रह गरेका हुन् ।

‘मलाई लोकतान्त्रिक पद्धतिमा विश्वास छ । उम्मेदवारले यस्ता गतिविधि नगर्नुहोला । स्वस्थ प्रतिस्पर्धा गरौं । आममतदातालाई भोट हाल्न दिऊँ । भयरहित भोट हाल्न दिऊँ । म आउँदा, तपाईं आउँदा ताली बजाए होलान्, हुटिङ गरे होलान्, यस्ता गतिविधिबाट आवेगमा नआइदिनुहोला,’ रविले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह गर्छु, मसँग चुनाव लडेका उम्मेदवारलाई सम्झाउनुहोला । नेता कार्यकर्तालाई सम्झाउनु होला ।’

मतदातालाई केही भयो भने जिम्मेवारी सबैले लिनुपर्ने भन्दै उनले शान्त र सहज रूपमा मतदान गर्ने वातावरण बनाउन आग्रह गरे ।

उनले आफ्ना शुभेच्छुकलाई पनि भड्किलो टिप्पणी नगर्न अनुरोध गरेका छन् ।

‘सामाजिक सञ्जालमा शुभेच्छुकहरूले भड्किलो कमेन्ट नगर्दिनुहोला । मभित्र पनि आवेग छ, तपाईंहरूसँग पनि होला । तर, हामी संयम हुनुपर्छ । कमेन्टमा गाली नगर्नुहोला । तपाईं गालीको भारी हामीले बोक्नुपर्छ ।’

बुथमा रहेका आफ्ना प्रतिनिधिलाई पनि संयम हुन उनले अपिल गरेका छन् ।

रविले अघिल्लोपटक चुनाव लडेका एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठसँग निर्वाचनका क्रममा तनाव नभएको पनि स्मरण गरे ।

रवि मतदानस्थलमा आउँदा उनका कार्यकर्ता र समर्थकले हुटिङ र उनको पक्षमा नाराबाजी गरेपछि कांग्रेस र एमालेले आपत्ति जनाएका थिए । उनले यसैतर्फ इंगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group