काठमाडौँ, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।
यो समाचारर तयार पार्दासम्म ५६ हजार ४९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
चितवन–२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ ।
तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ ।
यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्