ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुलीको खम्बामा गुजुल्टिएका तार हटाउन महानगरले दियो १५ दिनको म्याद


एबीसी / संवाददाता
१३ बैशाख २०८०, बुधबार   ८ : ३९   बजे

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाले बिजुलीको खम्बामा रहेका अनावश्यक र प्रयोगविहीन तार हटाउन सेवाप्रदायकलाई १५ दिनको समयसीमा दिएको छ ।

पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएका र प्रयोगविहीन तारले शहरको सौन्दर्य बिग्रिएको भन्दै हटाउन निर्देशन दिएको हो । महानगरले सरोकारवाला निकाय र तिनका अधिकारीसँग तार व्यवस्थापन गर्न पटक पटक छलफल र बैठक बसेको थियो । महानगरले सूचना जारी गर्दै ती नियामक निकायसँग छलफल र बैठकको निर्णय कार्यान्वयन गर्न पत्र काटेर ताकेता गरेको जनाएको छ ।

तार व्यवस्थापनका लागि महानगरले सेवाप्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि नियामक निकायलाई पनि अनुरोध गरेको थियो । सूचना अनुसार नियामक निकायलाई गरेको अनुरोधबाट पनि कुनै काम नभएपछि महानगरले सेवाप्रदायकलाई ती तार आफैँ हटाउन निर्देशन दिएको हो । ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार र केवल नहटाइएमा १६औँ दिनपछि महानगरले हटाउनेछ,’ सूचनामा भनिएको छ, ‘यसबाट लाभग्राहीलाई पर्न सक्ने असुविधाको जिम्मेवारी स्वयं सेवाप्रदायकको हुनेछ ।’

अहिले सडक किनाराका धेरै पोलहरू विद्युत् प्राधिकरण र नेपाल टेलिकमका हुन् । सेवाप्रदायकसँग प्राधिकरणको भाडा विवाद लामो समयदेखि चर्किएको छ । यसअघि प्राधिकरणले सेवाप्रदायकलाई पोलको भाडा लिएर तार राख्न दिएको थियो ।

नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायक कार्यालय तथा संघसंस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, केबल प्रसारक संघ लगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu