ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा कांग्रेस नेतृत्वको नयाँ सरकार बन्दै


एबीसी / संवाददाता
१४ बैशाख २०८०, बिहिबार   १० : ०५   बजे

काठमाडौँ, १४ वैशाख । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको अन्तिम दिन आज गण्डकीमा नयाँ सरकार गठन हुँदै छ ।

नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरूङले वैशाख १२ गते आज अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । योसँगै गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

केन्द्रमा बनेको नयाँ समीकरणसँगै प्रदेश सरकारमा पनि असर परेको छ । एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । उनले वैशाख ९ गते विश्वासको मत पाउन भनेर प्रदेशसभामा पेस गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

अब बन्ने सरकारको नेतृत्व कांग्रेस र माओवादीले आलोपालो गर्ने सहमति भएको नेताहरूको भनाइ छ । पहिलो चरणमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो । तर, मन्त्रालय भागबन्डामा भने दुई दलबीच सहमति जुट्न सकेको छैन । माओवादीले सातमध्ये तीन मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । यसका लागि उसले केन्द्रको निर्णय कुरिरहेको छ ।

मन्त्रीको नाम टुंगो लागे मुख्यमन्त्रीसँगै केही मन्त्रीले शपथ लिने बताइएको छ ।

गण्डकी प्रदेशमा कांग्रेसका २७, माओवादीको (सभामुखसहित) ८ प्रदेशसभा सदस्य छन् । यहाँ बहुमतको सरकार बनाउन दुई दल मात्रै मिले पनि पर्याप्त हुन्छ ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । कांग्रेस–माओवादी गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)का राजीव गुरूङ (दीपक मनाङे) पनि सहभागी छन् । मनाङबाट स्वतन्त्र उम्मेदवारको रूपमा सर्वसम्मत चुनिएपछि मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu