ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेपलाञ्चोकमा राजनीतिक दलको खर्च विवरण कति ?


admin
१७ माघ २०७४, बुधबार   ४ : २५   बजे

बनेपा, १७ माघ।  काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका उम्मेदवारले रु १० लाखभन्दा बढी निर्वाचन खर्च लागेको विवरण बुझाएका छ न् ।

माओवादी केन्द्रका गंगाबहादुर दोङले प्रतिनिधिसभा क्षेत्र नं १ मा रु २४ लाख ४५ हजार निर्वाचन खर्च लागेको विवरण बुझाउनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका मधुप्रसाद आर्चायले रु १६ लाख १६ हजार र प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले रु १५ लाख ८५ हजार खर्च विवरण बुझाउनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवार तीर्थबहादुर लामाले रु १५ लाख २३ हजार, क्षेत्र नं १ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार गणेश लामाले रु १४ लाख ९५ हजार तथा एमालेका उम्मेदवार चन्द्रबहादुर लामाले रु ११ लाख ८८ हजार निर्वाचन खर्च विवरण बुझाएका छन् ।

क्षेत्र नं २ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार सुन्दरमणि आर्चायले रु १३ लाख ५६ हजार, एमालेका उम्मेदवार लक्ष्मण लम्सालले रु १२ लाख ६७ हजार, क्षेत्र नं २ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादेले रु सात लाख ९८ हजार, एमालेका उम्मेदवार वसुन्धरा हुमागाईले रु १३ लाख ८७ हजार, क्षेत्र नं १ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार चन्द्रबहादुर तामाङले रु १३ लाख ४५ हजार र माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले रु १४ लाख ४६ हजार खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले तोकिएको सीमाभित्र नै दलहरुले खर्च गरेको बताउनुभयो । निर्वाचनमा उम्मेदवारी दिएका ५२ जनामध्ये छ जनाले अझै निर्वाचनको खर्च विवरण बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनले अस्ताममा बिताए रात, सिस्नु–कोदोको रोटी खाए, ‘इको टी’ मागे

प्रधानमन्त्री बालेन अस्ताम पुग्दा स्थानीयमा उत्साह, खानेपानी र सडक सुधारको माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu