ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट आयात गर्ने हरेक वस्तुको खरिद युआनमा गर्ने अर्जेन्टिनाको घोषणा


ABC NEWS
१६ बैशाख २०८०, शनिबार   ६ : ५९   बजे

 

काठमाडौँ १६ बैशाख । अर्जेन्टिनाले चीनबाट आयात गर्ने हरेक वस्तुको खरिद चिनियाँ मुद्रामै गर्ने घोषणा गरेको छ । बीबीसी हिन्दीका अनुसार डलरको सञ्चिति घटेसँगै अर्जेन्टिनाले चीनबाट आयात गरिने हरेक वस्तु चिनियाँ मुद्रा युआनमा खरिद गर्ने भएको हो ।

अर्जेन्टिनाद्वारा जारी सरकारी वक्तव्यमा चीनबाट अप्रिल महिनामा मात्रै करिब १ अर्ब अमेरिकी डलर बराबरको वस्तु युआनमा खरिद गर्ने लक्ष्य रहेको एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । यसपछि करिब ७९ करोड डलर बराबरको आयात चीनबाट युआन मुद्रामा गरिने भएको छ । अर्जेन्टिनाका लागि चिनियाँ राजदूत जु सिया‌ओलीसँग बैठक बसेपछि अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मस्साले यो निर्णय लिनुको कारण डलरको सञ्चितिमा कमी आउनु भएको बताएका छन् ।

 

अहिले अर्जेन्टिनामा खडेरीका कारण कृषि उत्पादन दिन प्रतिदिन घट्दै गएकाले त्यहाँ कृषि निर्यात पर्याप्त मात्रामा हुन सकेको छैन, जसका कारण डलर सञ्चितिमा कमी आएको छ । यसअघि सन् २०२२ नोभेम्बरमा अर्जेन्टिनाले आफ्नो अन्तर्राष्ट्रिय भण्डार बलियो बनाउने उद्देश्यले चीनसँग ५ अर्ब डलरको मुद्रा सटही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu