ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि अस्पतालमा फोहोर प्रशोधन तथा भण्डारण केन्द्र स्थापना


admin
१७ माघ २०७४, बुधबार   ५ : २६   बजे
(त्रिवि शिक्षण अस्पताल परिसर)

काठमाडौं, १७ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अस्पतालजन्य फोहोरको व्यवस्थापनका लागि फोहोर प्रशोधन तथा भण्डारण केन्द्र स्थापना गरेको छ ।

अस्पतालले हेल्थ केयर फाउन्डेसन नेपालको सहयोगमा फोहोर प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा ल्याएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाँले बुधबार आयोजित कार्यक्रममा केन्द्रको उद्घाटन गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दीपकप्रकाश महराले अस्पतालबाट निस्कने फोहोरमा विभिन्न संक्रामक किटाणुहरु हुने भएकाले वैज्ञानिक व्यवस्थापनका लागि अस्पताल हातामै प्रशोधन केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको मापदण्ड अनुसार अस्पतालबाट संकलित फोहोरलाई सुरुमा वर्गीकरण गरेर निर्मलीकरण गर्ने र त्यसपछि एक ठाउँमा जम्मा पारेर डिस्पोज गरिने कार्यकारी निर्देशक महराले जानकारी दिनुभयो ।

अहिले एउटा वार्डबाट फोहोर व्यवस्थापन थालेको भन्दै उहाले सबै वार्डबाट निस्केको फोहोर व्यवस्थापन गर्ने क्षमता विस्तार गर्न दुई वर्ष लाग्ने बताउनुभयो । यसका लागि साढे दुई करोड रुपैयाँ लाग्ने कार्यकारी निर्देशक महराको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनले अस्ताममा बिताए रात, सिस्नु–कोदोको रोटी खाए, ‘इको टी’ मागे

प्रधानमन्त्री बालेन अस्ताम पुग्दा स्थानीयमा उत्साह, खानेपानी र सडक सुधारको माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu