ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कार


admin
१७ माघ २०७४, बुधबार   ५ : ३६   बजे

काठमाडौँ, १७ माघ ।  वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कारले सम्मान गरिएको छ ।

अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनको समापनका अवसरमा गत आइतबार नियमित सफाइ अभियान चलाएर देशव्यापी जागरण ल्याएको भन्दै महाअभियानलाई पुरस्कार दिइएको हो ।

महाअभियानका तर्फबाट सफाइ अभियन्ता डा राजु अधिकारीले भगीरथ पदक ग्रहण गर्नुभयो । पुरस्कार भारतका गंगा सफाइ तथा परिवहन मन्त्री नीतिन गडकरीले हस्तान्तरण गर्नुभयो । मन्त्री गडकरीले सफाइ महाअभियानको निरन्तरताको कामना पनि गर्नुभयो ।

२०७० सालजेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार शुरु गरिएको सफाइ महाअभियान माघ २० गते शनिबार २४७ हप्ता प्रवेश गर्दैछ । महाअभियान शुरु भएपछि देशभरका नदी सफाइ गर्ने लहर चलेको छ । हाल देशभर ४५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

सो सम्मेलनमा महाअभियानका तर्फबाट १२ अभियन्ताले भाग लिएका थिए । कार्यक्रममा नेपाल, भारत, क्यानडा, अष्ट्रेलिया, मोरिसस, भुटानलगायत देशका प्रतिनिधिको सहभागिता थियो । पुरस्कारले अभियान जारी राख्ने प्रेरणा जागेको अभियन्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनले अस्ताममा बिताए रात, सिस्नु–कोदोको रोटी खाए, ‘इको टी’ मागे

प्रधानमन्त्री बालेन अस्ताम पुग्दा स्थानीयमा उत्साह, खानेपानी र सडक सुधारको माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu