ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास, यात्रुले गाडीमै बसेर रात बिताए


एबीसी न्यूज
१९ बैशाख २०८०, मंगलबार   ८ : १५   बजे

काठमाडौं, १९ बैशाख ।   सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुलको सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प छ । हिजो बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । उहाँका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ । अबको दुई–तीन घण्टामा सडक खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

‘दुईरतीन घण्टामा सकेसम्म दुईतर्फी नभए एकतर्फी भए पनि सडक खुलाउँछौँ’, उहाँले भन्नुभयो – ‘साँघुरो ठाउँ भएकाले उपकरण र जनशक्ति भए पनि सडक खुलाउन समय लागेको हो’ भासिएको सडकमा माटो भर्ने लगायतका काम भइरहेको छ ।

हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रुको भने बिचल्ली भएको छ । लामो दूरीका गाडी चल्ने मुख्य राजमार्ग भएकाले लामो दूरीका यात्रु अलपत्र परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएका प्रहरीले जनाएको छ । ‘हामीले उहाँहरुलाई परेका अप्ठ्याराका विषयमा जानकारी र सोधीखोजी त गर्ने प्रयास गर्यौँ तर पनि सबै समस्या समाधान गर्न सम्भव हुने भएन, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई अलि बढी गाह्रो भएको पायौँ’ – प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले भन्नुभयो ।

उहाँका अनुसार अबको केही घण्टापछि सडक खुले पनि आज दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । काठमाण्डौबाट रातको समयमा छुट्ने मालवाहक गाडीको लाइन कलङ्कीसम्म नै छ ।

पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्छन् । सडक भासिएपछि प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने साना ठूला गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

हेटौँडा काठमाण्डौ र काठमाण्डौ नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोका रुपमा लिन सकिन्छ । प्रहरीका अनुसार धादिङ, नुवाकोट र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu