काठमाडौँ, २० वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको टिप्पणी गरेका हुन् ।
‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन ।’
यसअघि पनि उनले सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।
उनले सरकारलाई कुनै इज्जत नगर्ने स्टाटस सामाजिक सञ्जलमार्फत् लेखेका थिए । साथै, उनले सिंहदरबारको फोहोर सफा गर्न नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने पनि लेखेका थिए ।
मेयर साहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अराजक र गैरजिम्मेवार अभिव्यक्ति दिएको निष्कर्ष निकालेको थियो ।
एक वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सार्वजनिक कार्यक्रममार्फत् नै जनताले नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्